प्रदेश दुईमा सवारी दुर्घटना बढ्दो, गतबर्ष पाँच सय बढीको मृत्यु, ६ हजार घाईते

७ साउन, काठमाडौं

प्रदेश नम्बर दुईमा अघिल्ला बर्षहरुमा भन्दा गत बर्ष सवारी दुर्घटना बढेका छन् ।

आर्थिक वर्ष ०७७/०७८ मा भएका ३ हजार बढी सवारी दुर्घटनामा परी पाँच सय भन्दै धेरैले ज्यान गुमाएका छन् ।

बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिरहा, महोत्तरी र धनुषामा ३ हजार ९ सय ८३ सवारी दुर्घटना भएका थिए । ति दुर्घटनामा परी पाँच सय २३ जनाको मृत्यु भएको प्रदेश दुई ट्राफिक प्रहरीको तथ्यांक छ ।

मृत्यु हुनेहरुमा ३ सय ९४ जना पुरुष, ६८ महिला, ३६ बालक र २५ जना बालिका रहेका प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए । उक्त दुर्घटनामा परी ६ हजार ४ जना घाइते भएका छन् ।

अघिल्लो आर्थिक बर्षका तुलनामा गत आर्थिक बर्षमा दुर्घटना बढेका छन् । त्यससँगै मृतक र घाईतेको संख्या पनि बढेको हाे ।

ट्राफिक प्रहरीका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा १ हजार ३ सय ४० सवारी दुर्घटना ४ सय २० जनाको मृत्यु भएको थियो भने १ हजार ८ सय ६७ जना घाईते भएका थिए ।

आर्थिक वर्ष ०७५/०७६ मा भएका १ हजार ३ सय ५२ सावरी दुर्घटनामा ४ सय ९६ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here