गलत कुरा स्वीकार गरेर दासत्व मान्न नसकिने माधव नेपालको भनाई

आफ्नै घरमा पनि अपमान सहेर कोही बस्दैन

७ साउन, काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले गलत कुरालाई स्वीकार गरेर दासत्व मान्न नसकिने बताएका छन ।

काठमाडौंको चम्पादेबीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले शिर निहु¥याएर दासत्व मान्न नसकिने बताएका हुन् । ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ’ नेता नेपालले भने ।

आफ्नै घरमा पनि अपमान सहेर बस्न नसकिने उनले प्रष्ट पारे । ‘कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन’ उनले भने ।

अब पार्टी कसरी अघि बढ्छ भनेर पर्खेर हेरिरहेको पनि नेता नेपालको भनाई छ । ‘क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अघि बढोस् भन्ने चाहेका छौं, त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं, उनले भने ।’

कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको भन्दै नेता नेपालले कम्युनिष्ट पार्टीमा नीति र विचार प्रधान हुने तर नेता प्रधान नहुने समेत जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here