लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन गर्न दिन सबै जिल्लालाई गृहको आदेश

७ साउन, काठमाडौं
सरकारले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्लालाई आदेश दिएको छ ।

मन्त्रिपरिषदले सवारीसाधन सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न लिखित पत्र पठाएपछि गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको हो ।

त्रिवि, लोकसेवा आयोग लगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएसँगै विभिन्न भागबाट परीक्षार्थीहरुको आवागमन समेतलाई ध्यान दिंदै गृहले सबै जिल्ला प्रशासनलाई यातायात सञ्चालन गर्न आदेश दिएको हो ।

प्रहरी प्रधान कार्यालयसँगै सबै जिल्ला प्रशासन कार्यालयहरुलाई बुधबार पठाइएको पत्रमा गृहले ‘जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न आवश्यक सहजीकरण हुन आदेशअनुसार अनुरोध छ’ भनि लेखेको छ ।

अब यस विषयमा जिल्लाका डिसीएमसीले निर्णय लिएर सार्वजनिक यातायात सञ्चालन गर्न दिनुपर्ने मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताए ।

कोभिडका कारण सरकारले वैशाख १६ गतेबाट लामो दूरीमा चल्ने सवारीसाधनमा रोक लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here