महाकाली तर्न अझै तुइनकै भर

७ साउन, दार्चुला ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा तुइन विस्थापन गर्ने निर्णय भएको थियो ।

त्यसअनुसार धेरै जिल्लाका नदी तथा खोलाहरूमा रहेका तुइन विस्थापन पनि गरिए । ओली दोस्रोपटक प्रधानमन्त्री भएर पनि बाहिरिसकेका छन् ।

तर दुई वर्षभित्र देशभरका तुइन विस्थापन गरी झोलुंगे पुल राख्ने योजना भने केही ठाउँमा अलपत्र नै छ ।

२०७२÷०७३ को बजेटमा तुइन विस्थापन गर्ने कार्यक्रम नै राखिएको थियो ।

अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री छन् । प्रधानमन्त्री बदलिए पनि दार्चुलाका जनताका दुःख हटेका छैनन् ।

उनीहरू तुइनबाटै महाकाली नदी तर्नुपर्ने बाध्यता छ । दार्चुलाका उत्तरी भेगका बासिन्दा तुइनबाटै महाकाली नदी पार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here