माओवादी केन्द्रिय समिति बैठक २० गत्ते

७ साउन, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) को केन्द्रिय समिति बैठक साउन २० गत्तेका लागि तय भएको छ ।

बुधबार बसेको उक्त पार्टीको स्थायी समितिको बैठकले साउन २० गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यसअघि साउन १७ गते स्थायी समितिको बैठक पनि बोलाएको छ ।

माओवादीको बैठकले सत्तारुढ गठबन्धनको न्यूनतम साझा कार्यक्रम छिटोभन्दा छिटो तय गर्न आग्रह गरेको छ । बैठकले विगतको सरकारले देखाएको आचरण अबको गठबन्धनको सरकारले देखाउनु नहुने र विगतमा गरिएका प्रतिवद्धता अनुरुप अगाडि बढ्नुपर्नेमा जोड दिएको पनि नेता श्रेष्ठले बताए ।

‘गठबन्धनको सरकारलाई न्यूनतम साझा कार्यक्रम वा साझा प्रतिवद्धताहरु मार्फत अगाडि बढाउनुपर्ने भएकोले छिटोभन्दा छिटो गठबन्धनका पार्टीहरु सम्मिलित भएर एउटा न्यूनतम साझा कार्यक्रम वा हाम्रा साझा प्राथमिकताका कार्यक्रमहरु र प्रतिवद्धताहरु तुरुन्तै तय गर्न पार्टीले आह्वान गरेको छ,’ उनले भने ।

माओवादी केन्द्रले साउन ९ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको स्मृतिमा देशभर कार्यक्रम गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here