७ साउन, काठमाडौं ।
चीनसँग नेपालले खरिद गरेको खोप लिएर नेपाल वायु सेवा निगमको विमान राजधानी आउँदैछ ।
भेरोसेल खोप लिएर नेपाली विमान आज काठमाडौं आइपुग्ने निगमले जनाएको छ ।
खोप लिन उक्त जहाज बुधबार राति चीनका लागि उडेको थियो । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले उक्त विमान आजै फेरि थप खोप लिन बेइजिङ जाने जानकारी दिए ।
यसअघि असार २५ गते सरकारले पहिलो पटक ८ लाख ९ हजार ६ सय डोज खोप ल्याएको थियो ।
निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ उडान तालिका तय गरेको बताएको छ ।
सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । सरकारले चीन सरकारसँग सरकार–सरकार –जिटुजी) मार्फत खोप ल्याएको हो ।