बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीनजनाको मृत्यु

६ साउन, काठमाडौं
बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीनजना युवाको मृत्यु भएको छ ।

कोहलपुर–१० चट्टारको बन्दा नहरमा बुधबार साँझ पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज उप–महानगरपालिका, ११ का १८ वर्षीय राशिद जसगड, सोही ठाउँका १७ वर्षीय अरमान जसगड र १६ वर्षीय आरिफ जसगड रहेका छन् ।

पौडी खेल्ने क्रममा डुबेका उनीहरु कोहलपुर प्रहरीको टोली पुगेर खोजी गर्दा मृत अवस्थामा भेटिएका हुन् ।

तीनै जनाको शव पोस्टमार्टमको लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here