कोरोना संक्रमण बढ्दो, पीसीआर गरेकामध्ये दैनिक २५ प्रतिशतमा संक्रमण

६ साउन, काठमाडौं
नेपालमा फेरि कोरोना भाइरसको संक्रमण बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार देशभर २ हजार ८ सय बढी नयाँ संक्रमित थपिएका छन् ।

१२ हजार ६ सय १६ जनाको परीक्षण गर्दा २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा सह–प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए । पीसीआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतलाई संक्रमण पुष्टि भइरहेको उनले बताए ।

आज १४ सय ७५ जना संक्रमित निको भएका छन् भने थप ३० जना संक्रमितको मृत्यु भएको छ । देशभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ७ लाख २४ हजार ४ सय ५५ पुगेको छ ।

कुल संक्रमितको ९४.६ प्रतिशत अर्थात ६ लाख ३६ हजार ४ सय २ जना निको भएका छन् ।  संक्रमणकै कारण ९ हजार ६ सय ३७ जनाले ज्यान गुमाएका स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

अहिले सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ रहेको छ । तिमध्ये २४ हजार ३ सय ४० जना होम आइसोलेशनमा छन् भने २ हजार ४ सय ९२ जना संस्थागत आइसोलेशनमा छन् ।

गम्भिर अवस्थाका ६ सय २७ जना संक्रमितको आईसीयूमा उपचार चलिरहेकोमा १ सय ७१ जना भेन्टिलेटरमा छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here