१८ वर्ष माथिका उमेर समूहलाई पनि जोन्सन एण्ड जोन्सनको खोप

६ साउन, काठमाडौं
आजदेखि १८ वर्ष माथिका उमेर समूहलाई अमेरिकी जोन्सन एण्ड जोन्सनको खोप लगाउन थालिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले ५० देखि ५४ वर्ष उमेर समूहका लागि जिल्लालाई १ लाख ४० हजार डोज जोन्सन खोपको उपलब्ध गराएको थियो ।

अझै करिब लाख खोप बाँकी रहेको पाइएपछि काठमाडौं जिल्लाभित्र १८ वर्ष उमेर माथिकालाई आजबाट लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख कालीप्रसाद पराजुलीले जानकारी दिए ।

एक मfत्रा लगाए पुग्ने यो खोप गत सोमबार गतेदेखि नै ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण असक्त अपांगता,नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुट भएका स्वास्थ्यकर्मीहरुलाई लगाउन सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here