राप्रपा गुण र दोषको आधारमा संसदमा समर्थन या बिरोध गर्छ : अध्यक्ष लोहनी

६ साउन, काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संसदमा गुण र दोषका आधारमा समर्थन या बिरोध गर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत लोहनीले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वास मत लिंदा आफ्नो पार्टी तटस्थ बस्नुको नीति प्रष्ट पारेका हुन् । असार २९ गते संसदमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा राप्रपाका एकमात्र सांसद राजेन्द्र लिङदेन तटस्थ बसेका थिए ।

‘कुनै दलप्रति पनि आग्रह या पूर्वाग्रह नराखेर राप्रपाले संसदमा गुण–दोषको आधारमा समर्थन या बिरोध गर्छ’ अध्यक्ष लाेहनीले भनेका छन् ।

राप्रपा कुनैपनि दलको पुच्छर भएर नजाने उनले बताएका छन् ।

‘राप्रपा प्रजातन्त्रमा दलहरु बलियो हुनुपर्छ भन्ने मान्यता राख्दछ । तर कुनैपनि दलको पुच्छर भएर जाँदैन, अध्यक्ष लोहनीले लेखेका छन्–यही मान्यता अनुरुप संसदमा बिश्वासको मतदान हुँदा राप्रपा तटस्थ रह्यो ।’

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here