पोखरीमा डुबेर एकजनाको मृत्यु

६ साउन, काठमाडौं
सर्लाहीमा पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत हरिपुर नगरपालिका वडा नं. ४ हरैयामा रहेको सरकारी पोखरीमा डुबेर स्थानीय रामपृत माझीको ३० वर्षिय छोरा भुरकुर माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार साँझ करिब पौने ९ बजे तिर पोखरीमा डुबेर उनी वेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरिक्षक रवि कुमार लामा नेतृत्वमा र सशस्त्र प्रहरीको अगर्वा गणबाट गएको प्रहरीको टोली स्थानीयको सहयोगमा खोजी गर्दा माझीको शव मंगलबार बिहान साढे १० बजे तीर भेट्टाएको थियो ।

शव पोस्टमार्टम को लागि मलङ्वा अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी निरिक्षक कृष्ण गिरील जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here