भीम रावललाई राजीनामा फिर्ता लिन प्रदेश सांसदहरुको आग्रह

६ साउन, काठमाडौं
नेकपा एमाले सुदूरपश्चिमका प्रदेशसभा सदस्यले उपाध्यक्ष भीम रावलले राजीनामा फिर्ता नगरे आफूहरुले पनि राजिनामा दिने चेतावनी दिएका छन् ।

रावलको राजीनामा फिर्ताका लागि दबाब दिन माधव नेपाल समूहका सदुरपश्चिम प्रदेश सांसदहरु काठमाडौं आएका छन् । र४ जना प्रदेश सांसदले रावल उनकै निवास पुगेर भेटी सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।

उनीहरुले रावलले निर्णयमा पुनर्विचार नगरे आफूहरुले पनि प्रदेश सांसद पदबाट राजीनामा दिने चेतावनी दिएका बताइएको छ । नेता रावलले सुझाव ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिएको स्रोतले बताएको छ ।

वरिष्ठ नेता माधब कुमार नेपाल पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिने अडानबाट पछि नहटेपछि नेता रावलले असार २९ गते सांसद पदबाट राजीनामा दिएका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले भने रावलको राजीनामा स्वीकृत गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here