डिएसपी हरि खतिवडा बने बागमती प्रदेशका उत्कृष्ट प्रहरी

६ साउन, काठमाडौं
प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा प्रदेशका उत्कृष्ट प्रहरी बनेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी खतिवडालाई असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरेको हो । सम्पादन गरेका कामको उच्च मूल्यांकन गर्दै उनलाई यो सम्मान प्रदान गरिएको छ ।

उनले कोरोनाको महामारीमा विभिन्न सरोकारवालासँग समन्वय गरी अक्सिजन उपलब्ध गराउने कार्यमा लागेको, स्वास्थ्य सामग्री व्यस्थापनलगायत प्रहरी परिचालनमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए ।

डिएसपी खतिवडा असार महिनामा मात्र विभिन्न मुद्दाका ११ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा पेश गर्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here