अवैध रुपमा भारतबाट चाँदीका गरगहना भित्र्याउने एक कारोवारी पक्राउ

६ साउन, काठमाडौं
पर्सा प्रहरीले भारतबाट अवैध तरिकाले चाँदीको तयारी गरगहना लिएर आएका एकजना कारोवारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको श्रीया ज्वेलर्सका सञ्चालक सप्तरीका अंगत साह रहेका प्रहरीले जनाएको छ ।

नेपाल–भारत सीमामा रहेको मितेरी पुल पार गरी वीरगन्जको शंकाराचार्य गेटमा आइपुगेका साहलाई चेकजाँच गर्दा उनको साथबाट अवैध रुपमा ल्याईएको ५ केजी ३ सय ३४ ग्राम चाँदीका गरगहना बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) ओम प्रकाश खनालले बताए ।

साहले कालो रंगको ब्यागमा चाँदीका तयारी अवस्थाका गरगहना राखेर ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here