आज इस्लाम धर्मावलम्बीले बकर–ईद मनाउँदै, सार्वजनिक बिदा

६ असार, काठमाडौं ।

इस्लाम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) बुधबार देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इद–उल–फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको छ । नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनका अनुसार यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् र एकआपसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।

आज सरकारले यस पर्वको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here