६ साउन, काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागले बाग्मती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागद्वारा जारी मौसम बुलेटिनअनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।
बुधबार बिहान देशभर सामान्य देखि पुर्ण बदली रहि प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राती बाग्मती तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको आँकलन गरिएको छ ।
यसैगरी, बिहीबार गण्डकी, लुम्बिनी तथा सुदुरपश्चचिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ ।
शुक्रबार प्रदेश १, गण्डकी तथा बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ ।