कालीगण्डकी डाइभर्सन आयोजना रोक्ने कि नरोक्नेमा दुई न्यायाधीशको दुई मत

६ साउन, काठमाडौं ।

कालीगण्डकी डाईभर्सन आयोजनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ ।

उक्त डाइभर्सन आयोजना सञ्चालन गर्न रोक लगाउने कि नलगाउने भन्ने विषयमा न्यायाधीश प्रकाशमान सिंह राउत र हरि फुयालबीच राय बाझिएको हो ।

अधिवक्ता तुलसीराम पोखरेलसमेतको रिटमा सोमबार भएको सुनुवाईमा न्यायाधीश राउतले आयोजना सञ्चालनमा रोक लगाउन अन्तरिम आदेश दिनुपर्ने भनी राय लेखेका छन् । अर्का न्यायाधीश फुयालले अन्तरिम आदेश जारी गर्नु नपर्ने भनी राय दिएका छन् ।

न्यायाधीशबीच राय बाझिएपछि निवेदन तीन न्यायाधीश संलग्न हुने पूर्ण इजलासमा पेश हुनेछ र त्यसले अन्तरिम आदेशबारे टुंगो लगाउनेछ ।

यसअघि कालीगण्डकी डाइभर्सनसँगनै सम्बन्धित अर्को रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजलासले कालीगण्डकी डाइभर्सन आयोजना अघि नबढाउन अन्तरिम आदेश दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here