सिराहामा यात्रुवाहक बस पल्टिदा एकजनाको मृत्यु, १५ घाईते

५ साउन, काठमाडौं
सिरहामा यात्रु बोकेको बस पल्टिदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य १५ जना यात्रु घाईते भएका छन् ।

दुर्घटनामा सिरहा बरियारपट्टी गाउँपालिका–३ शिवनगरका ३५ वर्षीय गणेश मुखियाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखिपुरले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको जिरोमाईलबाट सीमावर्ती बरियारपट्टि जाँदै गरेको बा २ ख ७१ नम्बरको यात्रुवाहक बस मंगलबार अपराह्न धनगढीमाई नगरपालिका–५ सन्तनगरमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको स्थानीय आरके मेडिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here