५ साउन, काठमाडौं
नेकपा एमालेको माधव नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने देखिएको छ ।
धानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेपाल पक्षका सांसदहरुको मंगलबारको भेलापछि सांसद रामकुमारी झाँक्रीले सरकारमा सहभागी हुनेबारे छलफल नभएको बताइन् ।
आफूहरु एमालेकै कार्यकर्ता भएकाले देउवा नेतृत्वको सरकारमा जाने तयारी नभएको उनले बताइन् ।
‘हाम्रो दल अहिले अपोजिसनमा भएकाले हामी सरकारमा जानेबारे छलफल नै भएन, झाँक्रीले भनिन्– अहिले विद्यमान कानून, कानुनी संरचना व्यवस्थाभित्र, अर्को दलको सदस्यले नेतृत्व गरेको सरकारमा जाने कुरा पनि भएन । सरकारमा जाने हाम्रो एजेण्डा थिएन ।’