काँग्रेसका १० केन्द्रीय सदस्यहरुको आरोप : समायोजनको नाममा पार्टी कब्जा गर्न खोजियाे

५ साउन, काठमाडौं

नेपाली कांग्रेसका १० जना केन्द्रीय सदस्यहरुले समायोजनका नाममा पार्टी कब्जा गर्ने षड्यन्त्र भइरहेको अरोप लगाएका छन् ।

केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवले संयुक्त वक्तव्य जारी गर्दै यस्तो आरोप लगाएका छन् ।

कांग्रेसका पुराना कार्यकर्तालाई विस्थापित गर्नेगरी समायोजनका नाममा विधि विपरीत बाँडिएका सदस्यताले पार्टीको मर्ममाथि प्रहार हुने उनीहरुको भनाई छ ।

‘समायोजनका नाममा पार्टी संरचना कब्जा गर्ने उद्देश्यले निर्धारित प्रक्रिया बाहिरबाट वितरण गरिएका क्रियाशील सदस्यताले पार्टीको मर्ममाथि नै प्रहार गरेको छ र आफ्नो सर्वस्व सुम्पेका साथीहरूको आत्मसम्मानमा प्रहार गरेको छ । यसलाई तुरुन्त रोक्नु पर्दछ’ १० केन्द्रीय सदस्यले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here