सन्दीपले द हन्ड्रेड क्रिकेट प्रतियोगिता गुमाए

Nepal’s Sandeep Lamichhane prepares to bowl during a team training session at the Affies Park on Wednesday, ahead of their ICC World Cricket League Division-II match against Namibia. Photo Courtesy: Raman Shiwakoti

५ साउन, काठमाडौं
नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा हुने द हन्ड्रेड प्रतियोगिता गुमाउने भएका छन् ।

सन्दीपले भिसाकै कारण एक सय बलको प्रतियोगिता द हन्ड्रेड खेल्न नपाउने भएपछि नेपाल फर्कने तयारीमा रहेका उनका म्यानेजर रमन शिवाकोटीले बताएका छन् । सन्दीप गत असार २४ मा बेलायत गएका थिए ।

उनले बेलायत सरकारको नियम अनुसार १० दिनको क्वारेन्टाईन समेत पुरा गरेका थिए । तर भिसामा समस्या आएपछि उनले खेल्न नपाउने भएका हुन् । सन्दीपले यसअघि पनि इंग्ल्यान्डमै भइरहेको दी भाइटालिटी ब्लास्ट भिसा र पासपोर्टकै कारण खेल्न पाएनन् ।

सन्दीपले द हन्ड्रेडमा खेल्न नसकेकोमा दुख व्यक्त गर्दै लामो फेसबुक स्ट्याटस लेखेका छन् ।

‘मैले ईसीबीका अधिकारीले दिएको सबै निर्देशन पनि पालना गरिरहेको थिएँ, कोरोना महामारीको कारण भिसा आउनमा ढिलाई भयो र वोस्टरसायरले बाहिर निकाल्यो । म जुलाई ९ मा बेलायत आउँदा सम्म कुनै समस्या थिएन । जुलाई १८ मा मेरो क्वारेन्टाइन अवधि सकिदै थियो । त्यसको दुई दिनअघि ईसीबीले मेरो भिसा सकिएको र जतिसक्दो छिटो मैले मुलुक छाड्नुपर्ने बतायो । मैले के गल्ती भएको छ भनेर सोधेँ तर मलाई ईसीबीका कसैले पनि स्पष्ट जवाफ दिएनन्’ सन्दीपले लेखेका छन् ।

आफूले द हन्ड्रेड प्रतियोगिता खेल्नका लागि धेरै कुराहरु गुमाएको समेत सन्दीपले उल्लेख गरेका छन् ।

द हन्ड्रेड पर्सी बिहिबारदेखि सुरु हुंदैछ । सन्दीप ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्ड अनुबन्ध भएका थिए । द हन्ड्रेडमा अब सन्दीपको ठाउँमा दक्षिण अफ्रिकाका स्पिनर टि–ट्वेन्टी वरियताका एक नम्बर खेलाडी तबरेज शाम्सी खेल्ने छन् ।

द हन्ड्रेड सिंगल राउन्ड रोबिनको आधारमा हुनेछ । प्रतियोगितामा बर्मीङ्घम फिनिक्स, लन्डन स्प्रिरिट, नर्थर्न सुपरचार्जर्स, ओभल ईन्भिन्सिबल्स, म्यानचेस्टर ओरिजिनल्स, साउर्थन ब्रेभ, ट्रेन्ट रकेट्स र वेल्श फायर छन् । फाइनल २१ अगष्टमा हुने छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here