एमाले केन्द्रीय कमिटी बैठकमा कार्यदलकाे १० बुँदे प्रस्ताव वितरण

५ साउन, काठमाडौं
नेकपा एमालेभित्रको विवाद समाधानका लागि बनाइएको कार्यदलले तयार पारेको सहमतिको १० बुँदे प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा बाँडिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र कार्यदलका १० नेताको हस्ताक्षरसहित बैठकमा सहमतिको प्रस्ताव वितरण गरिएको पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए । सहमति पत्रमा वरिष्ठ नेता माधव नेपालले भने हस्ताक्षर गरेका छैनन् ।

कार्यदलका तर्फबाट बैठकमा बोल्दै नेता सुवास नेम्वाङले सहमति कार्यान्वयनमा जोड दिएका थिए । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त रहेका थिए ।

स्थायी कमिटी बैठकले १० बुँदे प्रस्ताव अनुमोदन गर्दै कार्यदल विघटन गरेको थियो ।

कार्यदलका सदस्यहरुले १० बुँदे सहमती अनुसार अगाडी बढाउन खोजेपनि वरिष्ठ नेता माधव नेपालसहित २२ सांसले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएपछि केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here