जसपा संसदीय दलको विधान सर्वसम्मत पारित

५ साउन, काठमाडौं
जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको विधान सर्वसम्मत पारित गरेको छ ।

मंगलबार सिंहदरबारमा दलका ज्येष्ठ सदस्य सांसद महेन्द्र राज यादवको अध्यक्षतामा बसेको बैठकले विधान पारित गरेको सांसद प्रदीप यादवले जानकारी दिए ।

‘जसपाको संघीय संसदीय दलको विधान २०७८ को मस्यौदाबारे छलफल गरि सुझावसहित सर्वसम्मतिबाट पारित गरियो’ उनले भने । उनका अनुसार विधान जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट पारित भई दलमा पुनः आएपछी दलको नेताको विधिवत चुनाव हुनेछ ।

जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षमा ३० जनाभन्दा बढी छन् । बैठकमा संघीय संसदका २० जना सांसदले हस्ताक्षर गरेका यादवले बताएका छन् ।

संघीय संसदमा जसपाका ३५ जना सांसद छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here