५ साउन, काठमाडौं
कक्षा १२ को परीक्षा यही साउनकाे अन्तीमबाट शुरु हुने भएको छ ।
मंगलबार अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा राष्ट्रीय परीक्षा बोर्डको बैठकले कोरोनाका कारणले रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको हाे ।
उपनियन्त्रक सुवास पन्तका अनुसार बोर्डले परीक्षा भौतिक उपस्थितिमै गराउन तयारी सुरु गरेको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन अनुमति दिएपछि भौतिक उपस्थितिमै बोर्डले परीक्षा गराउने तयारी गरेको हो ।
मन्त्रिपरिषदले निर्णय गरेपछि परीक्षा भौतिक उपस्थितिमै सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले परीक्षा सञ्चालन गर्न सुरक्षा प्रोटोकलसहितको कार्यविधि तयार गरिरहेको छ ।