बाँदरको भेषमा युवासंघका कार्यकर्ताले गरे प्रदर्शन

५ साउन, काठमाडौं

नेकपा एमाले संस्थापन पक्षको युवा संघ नेपालले काठमाडौंमा बाँदर जुलुससहितको प्रदर्शन गरेको छ ।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेको विरोधमा बाँदरको भेष बनाएर युवा संघ नेपालका कार्यकर्ताले बानेश्वरमा प्रदर्शन गरे ।

प्रधानमन्त्रीका रूपमा आफ्ना अध्यक्षलाई हटाएर कांग्रेसका सभापतिलाई विश्वासको मत दिएको भन्दै विरोध गरेका उनीहरुले  नेता नेपालविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

आइतबार संसदमा प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिएपछि माधव नेपालसहित २२ सांसदलाई एमालेले अनुसाशनको कारवाही समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here