प्रचण्डलाई भेट्न देउवा पुगे खुमलटार

५ साउन, काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा खुमलटार पुगेका छन् । मन्त्रिपरिषद विस्तारको तयारीमा रहेका देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका हुन् ।

बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको बताइएको छ । प्रचण्डपुत्री गंगा दाहालले प्रधानमन्त्री देउवाले प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छिन् ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन्स जस्तो देखिने जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट पीडित छिन् । यसअघि उनको अमेरिका, सिंगापुर र भारतका विभिन्न अस्पतालमा उपचार भइसकेको छ ।

प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बिहान बालुवाटार गएका थिए । प्रचण्डले देउवालाई भेट्नुअघि नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई उनकै निवास कोटेश्वर पुगेका भेटेका थिए ।

नेताहरुवीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गरिरहेका अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here