एमाले केन्द्रीय कमिटी बैठकका ९ एजेन्डा : १० बुँदे सहमतिको प्रस्तावदेखि निर्वाचनको तयारीसम्म

५ साउन, काठमाडौं
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अहिले बसिरहेको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको बैठकमा विभिन्न ९ एजेन्डामा केन्द्रीत रहेर छलफल भइरहेको छ ।

कार्यदलले तयार गरेको १० बुँदे सहमतिको प्रस्ताव, सर्वोच्च अदालतको फैसला सम्बन्धमा पार्टीको दृष्टिकोण, प्रदेशमा पार्टीको अवस्था, पार्टीको आगामी भूमिका लगायत नौ वटा एजेन्डामा छलफल केन्द्रित रहेको केन्द्रीय सदस्यहरुले जानकारी दिएका छन् ।

यस्तैगरी बैठकमा अनुशासन विपरीत काम गर्नेसँग स्पष्टीकरण, शुद्धीकरण र सुदृढीकरण, निर्वाचनको तयारी सम्बन्धमा पनि छलफल हुंदैछ ।

सोमबार बसेको केन्द्रीय कमिटी बैठकले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टी निर्णयविपरीत विश्वासको मत दिने वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here