काँग्रेस महादिवेशनका लागि डिजिटल भोटिङ प्रविधि तयार

५ साउन, काठमाडौं
नेपाली कांग्रेसले पार्टीको १४ औ महाधिवेशनमै डिजिटल भोटिङ प्रविधि प्रयाेग गर्न सकिनेगरी तयार पारिएको जनाएको छ ।

कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले मंगलबार विज्ञप्तिमार्फत पार्टीको १४ औ महाधिवेशनमा केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धी सबै प्रक्रिया सम्पन्न गर्न सक्नेगरी डिजिटल भोटिङको प्रविधि प्रयोग सुनिश्चित गरिएको जनाएको हो ।

केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेमा शून्यबाट सुरु गर्नु नपर्ने गरी प्रविधिको विकास गरिएको प्रचार विभागका सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् । विभागले डिजिटल भोटिङको नमुना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत तय गरेको जनाएको छ ।

विभागको तेस्रो पूर्ण बैठक सम्पन्न भएपछि ‘डिजिटल भोटिङ’ को अवधारणालाई अन्तिम रुप दिएको विज्ञप्तिमा उल्लेख छ ।

‘७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महादिबेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रकृया सम्पन्न गर्न सकिने क्षमता भएको छ’ काँग्रेसको सूचना, संचार तथा प्रचार विभागले भनेको छ ।

डिजिटल भोटिङ को नमूना प्रदर्शनीको आन्तरिक कार्य योजना समेत तय गरिएको छ भने जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरुको नेटवर्क तयार गरिएको काँग्रेसले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here