५ साउन, काठमाडौं
नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छाडेर गए सम्मानजनक बिदाई गर्ने बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपाल अन्तरजिल्ला विशेष प्रदेश कमिटीको विस्तारित भेलालाई मंगलबार सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् ।
उनले भने–‘तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया छोड्नुस्, हामी पुतला जलाउँदैनौँ, सम्मानजनक बिदाइ गर्छौं ।’
नेता नेपालले नीति, विधि र पद्धतिको कुरा गरेपनि आफू समानान्तर गतिविधि गर्दै अघि बढेको भन्दै बस्नेतले आक्रोस पोखे ।
‘तपाइँ एमाले छोडेर जान सक्नुहुन्छ, एमाले फोर्न सक्नुहुन्छ, बस्नेतले भने– तर एमालेमा बसेर एमालेको हित विरुद्ध काम गर्न पाउनुहुन्न ।’