सेयर बजारमा सामान्य करेक्सन, नेप्से परिसूचक ९ अंकले घट्यो, कारोवार ७ अर्बमै खुम्चियो

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

५ साउन, काठमाडौं
साताको सुरुवाती दुई दिन दोहोरो अंकले बढेको सेयर बजार तेस्रो दिन मंगलबार ओरालो लागेको छ । आज बजार केही अस्थिर देखियो ।

उतारचढाव गर्दै बजारको कारोवार मापक नेप्से परिसूचक ९.०१ अंकले घटेर २९८५.५७ विन्दुमा झरेर बन्द भयो ।

कारोवारमा सुचिकृत ११ वटा मध्ये ८ वटा उपसमूहगत सूचक राता भएका छन् । व्यापार, होटल र पर्यटन, जलविद्युत, उत्पादनमूलक र म्यूचल फन्ड समूह बढे ।

 

कारोवार रकम पनि ७ अर्बमै खुम्चिएको छ । २१९ कम्पनीका ३ करोड १६ लाख ८ हजार १ सय ९३ कित्ता शेयर ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार रुपैंयाको कारोवार भएको छ ।

यसअघि आइतबार नेप्से परीसूचक ९७ अंक भन्दा बढीले उकालो लागेको थियो भने सोमबार १३.९७ अंकको बृद्धि गर्न सफल भएको थियो । सोमबार ११ अर्बको कारोबार भएको थियो ।

मंगलबार लक्ष्मी उन्नति कोष, लक्ष्मी इक्यूटी फन्ड र माउन्टेन हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले कमाउंदा आइसीएफसी फाइनान्स र नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशतसम्म गुमाउन पुगेका छन् ।

खरिदबिक्री रकममा अगाडी रहेको अरुण काबेली हाइड्रोपावरले ३८ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोवार गर्यो । यसैगरी, दोस्रो स्थानमा रहेको अरुण भ्याली हाइड्रोपावरले २६ करोड ९८ लाख र नेपाल इन्सुरेन्सले २४ करोड १८ लाखको कारोवार गरे ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here