सर्लाहीमा करेन्ट लागेर पुजारीको मृत्यु

५ साउन, काठमाडौं
सर्लाहीको बसवरिया गाउँपालिकामा करेन्ट लागेर एक पुजारीको मृत्यु भएको छ ।

बसवरिया गाउँपालिका वडा नम्बर ६ स्थित सोहडवामा रहेको रामजानकी मठका पुजारी किशोरी दास वैरागीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भजन किर्तनको लागि मन्दिरको बरन्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । उनका अनुसार मृतक पुजारीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।

सर्लाहीको विष्णुपुर गाउँपालिका वडा नम्बर ८ बस्ने ६० वर्षिय पुजारी वैरागी उक्त मठमा विगत ४५ वर्ष देखि पूजापाठ गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here