स्वास्थ्य सचिव डा. रोशन पोखरेलद्वारा पदवहाली

५ साउन, काठमाडौं
नवनियुक्त स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मंगलबार पदवहाली गरेका छन् । डा. पोखरेलले मंगलबार मन्त्रालयमा एन्टीमाइक्रोवेल रेसिस्टेन्ट सम्बन्धी फाइलमा हस्ताक्षर गर्दै पदवहाली गरेका छन् ।

डा. पोखरेललाई सोमबार बसेको मन्तिपरिषद बैठकले स्वास्थ्य सचिवमा बढुवा गरेको थियो । स्वास्थ्य सचिवमा बढुवा हुनुअघि उनी स्वास्थ्य मन्त्रालयमै १२ औं प्रमुख विशेषज्ञको रुपमा कार्यरत थिए ।

पदवहाली गरेपछि सचिव पोखरेलल आगामी चैतसम्ममा ७२ प्रतिशत जनतालाई कोभिड–१९ बिरुद्धको खोप लगाईसक्ने सरकारको योजनालाई पूरा गर्ने गरी अघि बढ्ने बताएका छन् ।

सरकारको प्राथमिकतामा कोभिड–१९ बिरुद्धको खोप भएकाले सोही अनुसार काम गर्ने डा. पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here