जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा चलिरहेको छ ।
ज्येष्ठ सदस्य सांसद महेन्द्र राय यादवको अध्यक्षतामा दलको कार्यालय सिंहदरबारमा जारी बेठकमा संघीय संसदीय दलको विधान २०७८ को मस्यौदाबारे छलफल चलिरहेको सांसद प्रदीप यादवले जानकारी दिएका छन् । बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका करीब दुई दर्जन सांसदहरुको उपस्थिति छ ।
दलको बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्गो लगाउने सांसद् प्रदिप यादवले बताएका छन् ।
विभाजित जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको थियो । ठाकुर पक्ष अन्तिम समयमा आएर देउवालाई विश्वासको मत दिन तयार भएको थियो । देउवालाई विश्वासको मत दिन एकै ठाउँमा आएपछि जसपा फेरी एक भएको आंकलन गर्न थालिएको थियो ।
आ आफ्नो पक्षको आधिकारीता दाबी गर्दै निर्वाच आयोग पुगेको दुवै पक्षसँग आयोगले सक्कल प्रमाण मागेको छ।