अफगान राष्ट्रपति घानी नमाज पढिरहेका बेला रकेट अक्रमण

५ साउन, काठमाडौं
अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवननजिकै आक्रमण भएको छ ।

मंगलबार अफगान राष्ट्रपति अशरफ घानीको कार्यालयनजिकै कयौं रकेट आक्रमण भएको बीबीसीले जनाएको छ । अफगान राष्ट्रपति घानीले नमाज पढिरहेका बेला आक्रमण भएको हो ।

घानीले नमाज बढीरहेको दृश्य टेलिभिजनमा प्रत्यक्ष प्रशारण भइरहेको थियो । त्यसक्रममा भएको रकेट आक्रमणको आवाज सुनिएको थियो । अफगानिस्तानमा मंगलबार (आज) अफगानहरुले बकरइद मनाईरहेका छन् ।

रकेट राष्ट्रपति भवनको परिसर बाहिर खसेको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता मीरवाइज स्ट्यानिक्जाइले जानकारी दिएका छन् । आक्रमणमा मानवीय हताहती नभएको उनले बताएका छन् ।

आधिकारिक रूपमा आक्रमणको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्धपी सम्पर्कसूत्रहरूले तालिबानले उक्त आक्रमण गरेको जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here