करेन्ट लागेर बालिकाको मृत्यु

४ साउन, काठमाडौं

लमजुङमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ ।

राईनास नगरपालिका–७ फेदीकुवाकी ७ वर्षीया सृष्टि पाण्डेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

सोमबार बिहान टिभी हेर्न लाग्दा बालिकालाई विद्युतिय तार सर्ट भई हातमा करेन्ट लागको थियो । बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here