४ साउन, काठमाडौं
नेपाली काँग्रेस प्रदेश नम्बर २ का नेता, कार्यकर्ताहरूले एकपक्षीय ढँगले वितरण गरिएका पार्टीको क्रियाशील सदस्यता बदर नगरे आमरण अनसन बस्ने चेतावनी दिएका छन् । क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको भन्दै कांग्रेसका प्रदेश नम्बर २ का नेता, कार्यकर्ता पार्टी कार्यालय सानेपामा धर्नामा बसिरहेका छन् ।
कांग्रेस नेता अमरेश कुमार सिंहले पार्टीको विधानसम्मत ढंगले न्यायपूर्ण तरिकाले क्रियाशील सदस्यता वितरणमा भएको धाँधली तत्काल छानबिन नगरिए आफूहरू आमरण अनसनमा बस्न बाध्य हुने चेतावनी दिए ।
अनसनरत धनुषा, सर्लाहीलगायतका नेता, कार्यकर्ताले पार्टीको क्रियाशील सदस्यता वितरणसम्बन्धि विवाद तत्काल समाधान गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दवाव समेत दिएका छन्।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी भाद्र १६–१९ गर्ने मिति तोकिएको छ ।