तीन सहसचिवको बढुवा, स्वास्थ्य सचिवमा डा. पोखरेल

४ साउन, काठमाडौं

सरकारले तीनजना सहसचिवको बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिस समितिले ७ जना सहसचिवको नाम सिफारिस गरेको थियो । तिमध्ये ज्येष्ठताका आधारमा किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा डा.रामप्रसाद घिमिरेलाई सचिवमा बढुवा गरिएको हो ।

जेष्ठतातर्फ शर्माको नाम मात्रै सिफारिसमा परेको थियो । कार्यसम्पादनतर्फ घिमिरेसँगै हरिप्रसाद मैनाली र डिल्लीराज शर्माको नाम सिफारिस गरिएको थियो ।

स्वास्थ्य सचिवमा डा. पोखरेल

प्राविधिकतर्फ स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई बढुवा गरिएको छ । पोखरेलसँगै डा. दिपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम प्राविधिकतर्फको स्वास्थ्य सचिवका लागि सिफारिस गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here