सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

फाइल फाेटाे

४ साउन, काठमाडौं
सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई असोज मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुनेगरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ’ उनले भने ।

मन्त्रिपरिषद बैठकले अनुदान वा खरिदमार्फत कोरोनाविरुद्धको थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा छिमेकी राष्ट्रसँग आव्हान गर्ने निर्णय पनि गरेको छ । ‘सरकार अनुदानमा वा खरिदबाट थप खोप उपलब्ध गराउन खोप उत्पादक तथा अन्य मित्रराष्ट्रहरूलाई आव्हान गर्दछ’ सरकारका प्रवक्ता कार्कीले भने ।

नेपाललाई खोप र अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने छिमेकी लगायत सबै मित्र राष्ट्रहरूलाई नेपाल सरकारले धन्यवाद दिएको छ ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा. रोशन पोखरेल नियुक्त गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here