पौडेल पक्षको अडान : सरकारको दाेस्राे वरियतामा पनि काँग्रेस नै

४ साउन, काठमाडौं
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सरकारमा दोस्रो बरियतामा पनि पार्टीकै मान्छे हुनुपर्ने निष्कर्ष निकालेको छ ।

सोमबार महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पाैडेल समूहको बैठकले सरकारको सेकेन्ड पोजिसनमा पनि कांग्रेसकै हुनुपर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए । त्यसमा आफ्नै समूहको नेताले अवसर पाउनुपर्ने पौडेल पक्षको जोड रहेको बुझिएको छ ।

यस विषयमा पार्टी सभापति तथा प्रधानमन्त्री देउवासँग छलफल गरिने जनाइएको छ । बैठकले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउन काम गर्ने निर्णय समेत गरेको छ ।

सत्ता गठबन्धनसँगको सम्पूर्ण सहमति र पार्टीभित्र पनि सहमतिको स्थिति निर्माण गरेर सरकारको सफलताको लागि काम गर्ने ति नेताले जनाएका छन् । बैठकले प्रधानमन्त्री देउवाको भूमिकाको धैर्यतापूर्वक प्रतिक्षा गर्नुपर्ने पनि निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here