देशभर थपिए दुई हजार बढी कोरोना संक्रमित

४ साउन, काठमाडौं
नेपालमा आज दुई हजार बढी कोरोना संक्रमित थपिएका छन् ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार ६ सय ६४ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पिसीआर परीक्षणबाट १ हजार ६ सय ४२ र एन्टीजेन परीक्षणबाट ८ सय ३ जनामा संक्रमण पाइएको हो । यस अवधिमा १ हजार २ सय ५८ जना संक्रमित निको भएका छन् । आज ३२ जना संक्रमितको मृत्यु पुष्टि भएको मन्त्रालयले जारी गरेको पछिल्लो विवरणमा उल्लेख छ ।

आज थपिएकासँगै हालसम्म कोरोना भाइरसबाट संक्रमति हुनेको कुल संख्या ७ लाख १८ ४९४ पुगेको छ । कुल संक्रमितको ९४.७ प्रतिशत अर्थात ६ लाख ३३ हजार ३ सय ३२ जना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांक छ ।

अहिलेसम्म ९ हजार ५८२ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले २३ हजार ३ सय ३४ जना होम आइसोलेशन तथा २ हजार ५ सय ३ जना सकृय संक्रमित संस्थागत आइसोलेशनमा छन् ।

सकृय संक्रमितमध्ये ५ सय६४ जना आईसीयूमा उपचारत छन् । तिमध्ये १ सय ५५ जनाको भेन्टीलेटरमा उपचार चलिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here