मोदीले टेलिफोनबाट देउवालाई दिए बधाई, कोरोनाको खोप उपलब्ध गराउने आश्वासन

४ साउन, काठमाडौं
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई छिट्टै कोभिड–१९ विरुद्ध खोप उपलब्ध गराउने आश्वासन दिएका छन् ।

सोमबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिन टेलिफोन सम्वाद गर्दै भारतीय प्रधानमन्त्री मोदीले खोप उपलब्ध गराउने आश्वासन दिएका हुन् । देउवासँगको सौहार्दपूर्ण टेलिफोन वार्तालापका क्रममा मोदीले यस्तो आश्वासन दिएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले प्रधानमन्त्री देउवालाई बधाई दिए । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले मोदीलाई धन्यबाद दिएका थिए । दुई समकक्षीले दुई देशको द्विपक्षीय सम्बन्धलाई अझै मजबुत बनाउने बनाउने विषयमा छलफल गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले समेत ट्वीटमार्फत यसबारे जानकारी गराएका छन् । उनले समकक्षी देउवालाई बधाई दिंदै सफल कार्यकालको शुभकामना दिएका बताएका छन् ।

‘हामी भारत र नेपालवीच कोभिड–१९ महामारीबिरुद्धको लडाईँसहित बृहत्तर सहयोग बढाउनका लागि सँगै काम गर्नेछौं’ मोदीले ट्वीटरमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here