४ साउन, काठमाडौं
शेयर बजार साेमबारपनि दोहोरो अंकले बढेको छ । शेयर बजारको कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ९७ अंकले बढेर २९९४.५८ बिन्दुमा पुगेको छ । नेप्से हिजो आइतबार ९७ अंकले बढेको थियो ।
आज कारोबारमा सुचितकृत कुल १३ समूहगत उपसूचकमध्ये ८ समूहमा हरियो र पाँच समूहमा रातो रंग पोतिएको छ । हिजोको तुलनामा बजार आज भने केही अस्थिर देखिएको थियो । अल्पकालीन कारोबारीले छिटोछिटो नाफा बुक गर्ने भएकाले बजार केही प्रभावित हुन खोजेको देखिन्थ्यो । बजार खुलेको पहिलो प्रहरमा नेप्से परिसूचक ५० अंकले बढेको थियो ।
अन्तमा ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजारको कारोवार गर्दा परिसूचकमा १३ दशमलव ९७ अंकको बृद्धि भयो । कारोवार अवधिभर २१९ कम्पनिका ३ करोड ७५ लाख ७१ हजार ३ सय ५४ कित्ता शेयर खरिदबीक्रि भए ।
कारोवार रकममा अगाडी रहेको एनआइसी एसिया बैंकले ३५ करोड ४१ लाख रुपैंया बढीको खरिदबीक्रि गर्न सफल भयो । नबिल बैंकले ३३ करोड १४ लाख र नेपाल बंगलादेशले ३० करोड ९४ लाख रुपैंयाको कारोवार गरे ।