४ साउन, काठमाडौं
मेमोरी किङ भनेर चर्चित झापाका ३२ बर्षीय अर्पण शर्माले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमानका लागि दाबी गरेका छन् ।
सन २०१५ मा पहिलो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल अर्पणले नयाँ किर्तिमानीका लागि दाबी पेश गरेका हुन् ।
गत असार २६ गते भद्रपुरस्थित वीरेन्द्र माविमा एक कार्यक्रमका वीच १ मिनेटमा ८३ वस्तुको स्मरण गरेका छन् । उक्त कार्यक्रममा अर्पणले प्रस्तुत गरेकाे प्रदर्शनको भिडियो गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि पठाइसकिएको छ ।
सन २०१५ मा अर्पणले एक मिनेटमा ४२ प्रकारका वस्तु नहेरी स्मरण गरेर देखाइदिएका थिए । उनको अघिल्लो रेकर्ड नबल पञ्जियारले ५४ वटा वस्तुको स्मरण गर्दै तोडेका थिए । पछिल्लो पटक अर्पणले एक मिनेटमा ८३ बस्तुको क्रम याद गरेका छन् ।
अर्पणले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार समेत प्राप्त गरिसकेका छन् ।