एमाले केन्द्रीय कमिटी बैठक : माधव नेपालसहित २२ सांसदलाई कारबाहीको प्रस्ताव

ओलीले भने – ‘नेपाललाई यस पार्टीमा स्वागत हुनेछैन’

४ साउन, काठमाडौं

नेकपा एमालेका वरिष्ठ नेता मावधकुमार नेपालसहित पार्टी निर्णय विपरित प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारवाहीको प्रस्ताव गरिएको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेता नेपालसहित २२ सांसदलाई अनुशासनको कारबाही प्रस्ताव गरिएको हो । बैठकलाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्दै पार्टी निर्णय नमान्ने २२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राखेका हुन् ।

ओलीले आफ्ना सांसदहरुले देउवालाई मत दिनुलाई पार्टीकै लागि लज्जाजनक कुरा भएको समेत बताएका छन् । उनले नेता नेपालले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप समेत लगाएका छन् । नेपाललाई नेकपा एमाले पार्टीमा स्वागत नगरिने पनि ओलीले बताए ।

एमाले केन्द्रीय कमिटी बैठकमा नेपाल समूहका नेताहरुको सहभागिता छैन । माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरु भने उपस्थित छन् ।

बैठकमा ओलीले अनुसानको कारवाही गरेपनि सर्वोच्च अदालतले संविधानको धारा ७६ को ५ अनुसार देउवालाई समर्थन गरेकै आधारमा कुनै पनि सांसदलाई कारवाही गर्न नमिल्ने फैसला गरिसकेको छ । त्यसै आधारमा रहेर आइतबार संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेका २२ सांसदहरूले मतदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here