प्रधानमन्त्री देउवाद्वारा जोनसनको खोप अभियान शुभारम्भ

४ साउन, काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी जोन्सन एन्ड जोन्सनको खोप अभियानको शुभारम्भ गरेका छन् ।

अमेरिकाले कोभ्याक्स सुविधामार्फत प्रदान गरेको कोभिड–१९विरुद्धको जोन्सनको खोप लगाउने कार्य सोमबारदेखी सुरु भएको छ ।

प्रधानमन्त्री देउवाले जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी समेतको उपस्थितीमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर अभियानको शुभारम्भ गरेका हुन् । बिहान खोप अभियानको सुरुवात गर्दै प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल पुगेर निरीक्षण समेत गरे ।

अमेरिकाले जोन्सन एण्ड जोन्सन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपहार स्वरुप दिएको थियो ।

एक डोज मात्र लगाए पुग्ने जोनसनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here