हतियारसहित कपिलवस्तुबाट ५ जना पक्राउ

४ साउन, कपिलवस्तु ।

प्रहरीले जिल्लाबाट पेस्तोल र भरुवा बन्दुकसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले कपिलवस्तु नगरपालिका–११ जहदीबाट युपि ५५ डब्लु ८३२४ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार मातेश्वर प्रसाद यादवलाई एक थान पेस्तोल सहित पक्राउ गरेको हो ।

यादव यस अघि २०७५ असार १७ गते र २०७७ फागुन १७ गते पनि हात–हतियार सहित पक्राउ परेर छुटेका थिए ।

यस्तै बाणगंगा नगरपालिका–८ मोर्मीबाट ५१ वर्षीय टीकाराम थापा, २५ वर्षीय गुमबहादुर राना, वर्ष ४७ को मीनबहादुर सेन र ४१ वर्षीय गोपाल थापा पक्राउ परेका हुन् ।

गोपाल थापा मगरको घरबाट फलाम जडित १ नाले भरुवा बन्दुक एक थान, टिकाबहादुर थापाको घरबाट २ थान भरुवा बन्दुक र गुनबहादुर रानाको घरबाट फलामले बनेको १ नाले भरुवा बन्दुक र बारुद राखेको २ वटा बट्टा, २९४ ग्राम बारुद र ६० थान छर्रा बरामद गरिएको कपिलवस्तु प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here