संवैधानिक परिषद् अध्यादेश खारेज

४ साउन, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।

मन्त्रिपरिषद्को शनिबारको बैठकको निर्णयअनुसार अध्यादेश फिर्ताको पत्र आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाइएको थियो ।

मन्त्रिपरिषद्को निर्णयअनुसार अध्यादेश खारेज गरिएको हो । वैशाख २१ गते अध्यादेश जारी गरिएको थियो । अध्यादेशअनुसार वैशाख २८ गते नियुक्तिको सिफारिस संवैधानिक परिषद्ले गरेको थियो ।

अध्यादेशअनुसार विभिन्न संवैधानिक निकायमा पदाधिकारीसमेत नियुक्त भइसकेका छन् । नियुक्त पदाधिकारीले कार्यभार सम्हालिसकेका छन् ।

अध्यादेश खारेज भए पनि नियुक्त भएका पदाधिकारीको पद यथावत् रहने छ । गणपूरक सङ्ख्यासम्बन्धी व्यवस्था परिवर्तनका लागि अध्यादेश ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here