सर्वोच्चले संसदको हत्या हुनबाट बचायो : डा. भट्टराई

३ साउन, काठमाडौं
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतको फैसलाले राज्यका सबै अंगको फैसला गरिदिएको टिप्पणी गरेका छन् । सर्वोच्चले संसदको हत्या हुनबाट बचाएको डा. भट्टराईको भनाई थियो ।

‘यहाँका भष्मासुर प्रवृत्तिले आधा गिलास पानी पनि घोप्ट्याएर खाली गर्यो । हामी यो आधा गिलास त फिर्ता गरौँ भनेर हामी लडेका हौं ।’

संसदमा बोल्दै उनले केपी ओली सरकार बहिर्गमन भएकोमा खुसी व्यक्त गरे । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारबाट देशमा असन्तुष्ट समुदायको सम्बोधन हुनेगरी काम होस् भनी अपेक्षा समेत गरे ।

सत्य निरुपणको काम पनि अबको सरकारले गर्नुपर्ने र कसैको धम्कीमा नलाग्न उनले सुझाव दिए । रेशम चौधरी राजनीतिक बन्दी मात्र भएका भन्दै डा. भट्टराइले तत्काल उनको रिहाइका लागि प्रधानमन्त्रीसँग आफूले छलफल गरेको पनि बताए ।

संसद् विघटन गर्ने भित्रीबाहिरी चलखेल भएको भट्टराईले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here