३ साउन, काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज संसदबाट विश्वासको मत लिंदैछन् ।
देउवा प्रधानमन्त्री नियुक्त भएको चौथो दिन नै प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधिसभाको जारी दोस्रो बैठकमा राजनीतिक दलका तर्फबाट सदस्यहरुले विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिइरहेका छन् ।
अहिले प्रधानमन्त्रीले उठेका प्रश्नहरुको जवाफ दिइरहेका छन् । त्यसपछि विश्वासको मत प्राप्त गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछ । मत विभाजनपश्चात सभामुख अग्निप्रसाद सापकोटाले प्राप्त परिणाम सुनाउनेछन् ।
देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनका लागि तयारी अन्तिम चरणमा पुर्याएको संसद् सचिवालयले जनाएको छ ।
फाेटाे: