देशभर १८ सय बढी कोरोना संक्रमित थपिए

३ साउन, काठमाडौं
नेपालमा आज १८ सय बढी कोरोना संक्रमित थपिएका छन् ।

देशभर गत २४ घण्टामा ९ हजार ६ सय २८ जनामा कोरोना परीक्षण गर्दा १ हजार ८ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरणमा उल्लेख छ । यस अवधिमा १ हजार ६ सय ६७ जना संक्रमित निको भएका छन् ।

आज २३ जना संक्रमितको मृत्यु पुष्टि भएको छ । आजसम्म पिसीआर परीक्षणबाट ६ लाख ६७ हजार १ सय ९ र एन्टीजेन परीक्षणबाट ४८ हजार ९ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको ९४.७ प्रतिशत अर्थात ६ लाख ३२ हजार ७४ जना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमणबाट ९ हजार ५ सय ५० जनाको मृत्यु भइसकेको छ । अझै २२ हजार ८ सय ३४ जना संक्रमित होम आइसोलेशनमा छन् । २ हजार ६ सय ५१ जना मात्र संस्थागत आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये गम्भिर अवस्थाका २ हजार ६ सय ५१ जना आईसीयूमा रहेकामा १ सय ६५ जना भेन्टीलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here